खुसी खुसी
निरन्तर अप्ठ्यारोलाई छिचोल्दै
हामी दुई हिँडेका छौँ
नौलो जीवनको गन्तव्यमा
निथ्रुक्कै भिजेको प्रेममा
चुर्लुम्मै डुबुल्की मार्दै पूर्णिमाको रातमा
दुई प्रीतिको सहारामा
खुला आकाश भेटाउँछौँ
सुस्तरी सुस्तरी
ढुकढुकीसँग अंकमाल गर्दै
एकअर्कासँग वार्तालाप गर्दै
अटल विश्वास र निस्वार्थ प्रेममा हराउछौँ
तैपनि किन किन
मायाको चोखोपनको आभासलाई रोक्न खोज्छ
बन्धनको आत्मियतालाई सीमारेखाभित्र बाध्न खोज्छ
मायामै आक्रोशको आगो दन्दनी बाल्न खोज्छ
किनकि
उस्तै उस्तै छ
हाम्रो प्रेमको आधारहरु
आ-आफनो परिभाषाहरु
समयको क्रमसँगै
एकअर्काको लागि
समाजले पो जातीय विभेदको पर्खाल ठड्याउँछ
जातकै नाममा गह्रुंगो मन र भारी वचन लगाँउछ
मायाको साथ टुटाउन घातरुपि प्रयास तेर्स्याउँछ
जिन्दगीको बहाव चुँडाउन अग्रपंक्तिमा डोहोर्याउँछ
त्यसैल त
निष्ठुरी समाज देख्ने वित्तिकै हजारौँ प्रश्नहरु तेर्स्याउँछ
आफ्ना पाइलाहरु कुन दिशातर्फ लम्किएका हुन्, परैबाट थर्काउँछ
तैपनि नरोकिने समयको अवधिले आफ्नै गतिमा नजिकबाटै बगाउँछ
प्रेमि-प्रेमिकाको मृदुल हाँसोमा
झिलमिल झिलमिल आकाशका ताराहरुमा।