कविता
सृष्टिको आदिदेखि वर्तमानसम्म
जगतको हर ठाउँ चलेका
अग्रगमनको यात्रामा
न कोही जेल परे
न कोही सहिद भए।
धन्य हिमालको देशले पायो
जिम्मेवारी पूरा गर्न
दशकौं काल कोठरीमा संर्घषरत
जेलमा खारिएको नेतृत्व।
समृद्धिको यात्राका लागि
उत्साहले घोषणा गरी ल्याएको
आधुनिक व्यवस्थाको
आसनमा विराजमान भएपछि
जनता मात्र हाँसेका छैनन्
जग पूरा हाँसेको छ
नेपाली समृद्धि देखेर।
भनिएको समृद्धिको यात्रालाई
सहिदको रगतले लेखेको दस्तावेज
बनेन
अग्रगमनको मार्गदर्शक
हतियार बन्दैछ किन
सहिदको खेतीका लागि
प्रतिगमनको साक्षीपत्र!