एकनासले चलिरहेको बतासको लय सँगै,
आकर्षक खुला आकाशमा उडिरहेका चराहरु सँगै
उड्न खोजिरहेका धेरै रंगिचंगी नया सिकारु चंगाहरु
केही उडान भरिसकेका चम्किला चंगाहरुसँग
लडा जुधाइ गर्दै, आफ्नो बाटो दिशा पहिलाउन खोज्दैछन्
आफ्नो उचाइ छुन अनि पहिचान बनाउने कठिन यात्रा रोज्दैछन्।
तर, नयाँ चंगाहरुको यात्रा उस्को माथि मात्र निर्भर छैन
छिमेकीका चंगाहरु सङको कडा प्रतिस्पर्धामाथि परनिर्भर
सँगै उडानको तयारी गरेका चंगाले नै चंगाचेट गर्ने डर
माथिको हावाको बेगसँगै बढदै गएको उचाइको चुनौती
आफ्नो आकार बनाउँदै गर्दाको उस्का मालिकको गल्ती
अनि सबैभन्दा महत्वपूर्ण, लट्टाई समातेर उडान गराउने व्यक्ति
यी सबैमाथि निर्भर पर्छन् त्यो चंगाको उडानको उचाइ
खेल यही नै हो नै चंगाचेट अनि चंगा जुधाइ
हो, हाम्रा बालबच्चा पनि तिनै चंगाहरु जस्तै हुन्
लट्टाई समाती उडाइरहेका आफन्तले राम्ररी यो कुरा बुझुन्
उडानको लागि अलिकति हलुका छोड्नु पनि पर्छ धागो
कडा मात्रै पारे गतिबिधि, चंगाले नलिन सक्लान् सही बाटो
अनि उडिरहेका चंगाको मात्रै महत्व हुने हैन
झरिरहेका चंगाको नि आफ्नै बेग्लै महत्व हुन्छन्
नपत्याए ती झर्न खोजेको चंगा समाउन खोज्ने
ती निर्दोश निष्पक्ष दौडिरहेका बालकलाई एक्चोटि सोध्ने?
(प्रवेश परीक्षाको तयारी गर्दै गरेका विद्यार्थीमा समार्पित।)