'म छु नि आमा, नरुनु' भन्दै
हिड्थेऊ कि यही मनमा गम्दै।
लागेन टाढा, त्यो विद्यालय
मनका इच्छाअघि, दबायौ भय।
सर्टका बटन र ज्याकेट लगायौ
कपाल चट्ट कोरी, पाइला बडायौ।
सपना थियो कि केही गर्छु भन्ने
कहाँ सोच्यौ र यसै मर्छु भन्ने।
फक्रन नपाउँदै कोपिला चुँडियो
सुन्दा नि मेरो यो मनै कुँडियो।
ज्याकेट च्यातियो, कपाल लुछियो
हे दैव! यहाँ एक जीवन लुटियो।
डरायौ कि जंगली जनावरदेखि अति
जानिनौ कठै, मान्छेकै जंगली मति।
रोएकी रुख अनि रोएकी माटो
पक्कै रोए ती सधैँ हिड्ने बाटो।
न्याय त कहिल्यै पूरा हुँदैन
मरेको शरीर फर्केर आउँदैन।
तैपनि,
जसले रुवायो, त्यो पनि रोवस्।
दुखायो जसले, त्यसलाई नि दुखोस्।
खबरदार!
भुलेका छैनौँ निर्मल र सम्झना
राख्ने छौँ सधैँ तिनलाई यो मनमा।
दोषी फेरि उम्कन नपाओस्
कि त शानले धम्काउन नआओस्।
खबरदार!
सुतायो जसले नफर्किने गरी
नहिडोस् है त्यो फेरि शान गरी।