रफ्तारको यो दौडमा
रेसको घोडा जस्तै
दौडिरहेको हामी
दायाँबायाँ नहेरी
अन्धबेगमा एउटै दिशातर्फ
हिनहिनाउँदा
कति याद कति हात
कति साथ छुटे
हिसाब छैन
रेसको घोडा जस्तै
फगत विजयमा केन्द्रित ध्यान
मात्र जितमा केन्द्रित नयन
पछाडि कति छुटे
कति लडे
कति दुखे
ठेगाना छैन
लगाम छ एउटाको हातमा
घोडा न त चल्मलौन सक्छ
न त छट्पटाउन सक्छ
रेसको घोडा जस्तै हाम्रो जीवन
अन्त्यमा जित घोडाको त हुन्छ
तर
वाहवाही लगामवालाले पाउँछ
घोडाको के छ र?
केही दानामा छ उसको विजय त
केही पानीमा छ ऊ दौडनुको तात्पर्य
रेसको घोडा
कठै रेसको घोडा।