कविता
रुवा झैँ कोमल हुन्छ 'मन'
पत्थर झैँ कठोर हुन्छ 'मन'
सागर झैँ गहिरो हुन्छ 'मन'
आकाश झैँ विशाल हुन्छ 'मन'।
कसेले माया दिँदा,
आफ्नो सम्झन्छ 'मन'
कसेले तिरस्कार गर्दा,
पराइ सम्झन्छ 'मन'
स्पर्श गर्न सकिँदैन यसलाई,
दुई हृदयको मिलन हुनु पर्छ
आँखाले देख्न सकिँदैन यसलाई,
अन्तस्करणले हेर्नु पर्छ।
राम्रो चिज देख्दा बहकिन्छ 'मन'
नराम्रो चिज देख्दा घृणित हुन्छ 'मन'
आखिर मानिसको नै हो 'मन'
बादलले आफ्नो रुप फेरे झैँ,
छिनछिनमा बदलिन्छ 'मन'।