प्रकृतिकी रानी तिमी,साैन्दर्यकी खानी
स्वर्गबाट झरि आको लाग्छ हेर्दा पनि।
स्वर्ण ,निल आकाश गंगा बग्दा झरझर।
त्रिवेणीमा स्नान गर्दा मनै हराभरा।।
जैविक विविधताले भरिएकाे टम्म,
पाँचऔले,जटामसी,यार्सागुम्बा सम्म।
खप्तड आश्रम सहस्रलिङ्ग खप्परमाडाैँ पनि,
गगनचुम्बी अपि,सैपाल पहरादिने अनि।।
निगालाका घारी भरि,जनावरकाे ताँती ,
कपास फुलेसरी हिउँ घाँसे पाटनमाथि।
शिव,केदार,गणेश,नागकाे दर्शनगरी हिडाैँ,
डाेटी,अछाम,बाजुरा र बझाङ्काे याे संगम।।
खप्तड बाबा तपस्यामा पचास वर्ष बसे,
धर्म ,स्वास्थ ,बिचार विज्ञान यहीँ बसी रचे।
धूपी,गुराँस ,चिमाल,चुत्राे वन ढकमक्क,
प्रकृतिकाे रसास्वादन गरी परेँ मख्ख।।