मानिसको भिडमा खोजी रहेछु मानवतालाई
तर पाउन सकिनँ मानवता कहीँ कतै?
मठ मन्दिरमा खोज्छु।
मस्जिदमा खोज्छु।
गुम्बामा खोज्छु।
चर्चमा खोज्छु।
खोज्छु, जहाँ तही धार्मिक स्थलहरुमा।
तर पाउन सकिनँ कहीँ कतै?
हराएको पैसा पाउन सजिलो होला
हराएको सामान पाउन सजिलो होला
हराएको सियो पाउन सजिलो होला
तर, पाउन गाह्रो भो मानवतालाई यहाँ।
स्वार्थै स्वार्थले जगडिएको यो स्वार्थी समाजमा
मानवतालाई खोज्ने मूर्खता गरी रहेछु।
दुखी दरिद्र, अशक्त, अपांग, अनाथ,
असहाय,अवला, जेष्ठ नागरिक आदि सबै
जो कोहीलाई सहयोग गर्न गाह्रो मान्छन् किन?
हैनन् सहयोग गर्न अघि सर्दैनन् किन?
किनकि स्वार्थी समाज छ यहाँ।
पुज्छन् मानिस ईश्वर, अल्लाह, जिसस क्राइस आदि सबै
गर्छन् मानिस भजन, कृर्तन अनि प्रार्थना
गर्छन् खर्च मानिस दान धर्ममा, अनि तिर्थ व्रतमा
गर्छन् मानिस दुख सास्ती आफ्नै शरीरलाई
हुन् यी सबै कमाउन धर्म, पून्य अनि खुसी पार्न ईश्वरलाई।
पाइन्छ यी सबै, आफूमा भएको मानवतालाई प्रदर्शन गरेर नै
कस्तुरी मृर्गले कस्तुरीको सुगन्ध खोज्न भौतारे झैँ।
देखाउन अनि दर्शाउन सकेनन्,
मानिसले पनि आफू भित्रको मानवतालाई।
किन बुझ्दैनन् मानिस यहाँ, 'मानवता नै धर्म हो'
यदि मानिस सबैमा मानवता हुने भए
यदि मानिस सबैमा सहयोगको भावना हुने भए
हुने थियो स्वर्ग नै यस धैर्ती।