घटदै छ घटना, हुँदैछ देशमा दिनहुँ बलात्कार
नाटक र नौटंकीमा नै बन्छ नेताको चमत्कार
कहाँबाट लिनु र असल शिक्षा मैले कहाँबाट दिनु
अपराधीले खुल्ला न्याय पाउँदा भयो आश झिनो
हामी यहाँ छौ भन्दै बाटो बाटोमा बोर्ड लाउनाले
देश बिग्रिँदै गयो नेता विसंगतीको गीत गाउनाले
निर्मला जस्तै बैतडीमा किशोरीको हत्या र विनाश
उठ जनता जाग जनता गर अपराधीको सत्यानाश
अब त केही बुझ केही गर न ए हाम्रा नेपालका नेता
आमा रुँदै भन्छिन् कसलाई बताउँ यो छोरीको व्यथा
अब हाम्रा नेता नेता भन्दै नगरौँ उनीहरुलाई सत्कार
जनता जनता मिली गरौँ विकासको बाटोमा चमत्कार
देशलाइ जसले समृद्धि र विकासको बाटोमा लानेछ
जनता उसलाई पाँच हैन पचास वर्ष भोट हाल्नेछ
उठाऊ आवाज नेपाली जनता महिला बालबालिकाको हकमा
असल नेता हौ भने आन्दोलनमा हैन लाग विकासको जगमा
देशले नयाँ कोल्टो फेर्नेछ, जनताको मुहारमा खुसी ल्याई
राखौला तिमीलाई इतिहासको पानामा तिम्रो नाम नमेटाई
जाग जनता, जाग नेता देश विकासको बाटोमा लान जाग
आजैबाट विरोध र समर्थन हैन देशलाई अगाडि लान लाग।