म लान्छु उडाइ जूनैको धरामा
तिमी सुट्ट आऊ मुटु कन्दरामा
चुडौंला जुनेली उडौंला हावामा
बसौंला नि ताराहरूको सभामा।
म लान्छु फूलैको बगैँचा चहार्न
तिमी झट्ट आऊ रुपै यो निहार्न
टिपौंला चमेली उनौंला म माला
झुमौंला अधरले चुमी लाल गाला।
म लान्छु जलैको सरोबर बिहार्न
तिमी पौडी आऊ जवानी स्याहार्न
डुबौंला प्रितीको तलाउ सजाई
बसी काखमा जल परी झैँ लजाई।
म लान्छु हिमाली शिखरमा उचाली
तिमी राप भर्नु छरी बैंस लाली
गरौंला रजाइँ बसी टाकुरामा
भुलौंला दुनियाँ कसी पाखुरामा।
भुलौंला दुनियाँ कसी पाखुरामा।