कोही हुन्छन् गोरा, त कोही काला
कोही हुन्छन् धनी, त कोही गरिब
कोही हुन्छन् माथिल्लो जातका, त कोही तल्लो जातका
कोही हुन्छन् ठूला, त कोही साना
कोही हुन्छन् सबलाङ्ग, त कोही अपाङ्ग
कोही हुन्छन् पुरुष, त कोही महिला
कोही हुन्छन् छोरा, त कोही छोरी
कोही हुन्छन् शान्त, त कोही रिसाहा
कोही हुन्छन् धरमात्मा, त कोही पापी
कोही हुन्छन् आस्तिक, त कोही नास्तिक
कोही हुन्छन् खुसी, त कोही दुखी
कोही हुन्छन् मनका धनी, त कोही धनका धनी।
केवल यी सब हुन् फरक मानिसको सोच, विचार अनि धारणा मात्र
गोरा र काला हुन् फरक वर्णको
धनी र गरिब हुन् फरक आर्थिक अवस्थाको
माथिल्लो जात र तल्लो जात हुन् फरक संर्किण सोचको
ठूला र साना हुन् फरक बनोटको
सबलाङ्ग र अपाङ्ग हुन् फरक शारीरिक अवस्थाको
पुरुष र महिला हुन् फरक लिङ्गको
छोरा र छोरी हुन् फरक लैङ्गिक विभेदको
शान्त र रिसाहा हुन् फरक स्वभावको
धरमात्मा र पापी हुन् फरक धार्मिक दृष्टिले
आस्तिक र नास्तिक हुन् फरक ईश्वरप्रतिको आस्था
खुसी र दुखी हुन् फरक मनको भावना
मनका धनी र धनका धनी हुन् फरक मनको
यस्ता झिना मसिना कुराहरुमा मात्र अल्झिएर या रुमलिएर
मानिस मानिसका बीचमा हुन्छ किन यस्तो विभेद?
यस्ता विभेदले गर्दा हुन्छ सधैँ झगडा, कलह अनि अशान्ति
यसर्थ, न अल्झनु अनि न अल्मलिनु यस्ता झिना मसिना कुराहरुमा
नगर अनि नगरुँ कसैले कसैलाई पनि विभेद
हुन्छ आखिर रगत सबैको रातो नै
केवल यी हुन् सबै यस समाजका मानिसहरुको संकुचित सोच् अनि धारणा मात्र।