मेरो जात के हो भनिदेऊ मलाई
म जान्न चाहान्छु
के मलाई बाच्ने अधिकार छैन र?
यो समाजलाई सोध्न चाहान्छु।
हे समाज भनिदेऊ म जान्न चाहान्छु
हृदय खोली बाच्न देऊ यहाँ
म यही समाजमा रम्न चाहान्छु
समाजको साङ्लोले बाधिरहेको कैदी हुँ म
स्वतन्त्र भई बाच्न चाहान्छु।
हे समाज भनिदेऊ म जान्न चाहान्छु
मलाई किन अछुतको नाम दिएऊ?
म सोध्न चाहान्छु
म पनि अरु झैँ समान भई बाच्न चाहान्छु।
हे समाज भनिदेऊ म जान्न चाहान्छु
यो तिम्रो नीति नियमलाई
तोड्न चाहान्छु।
नेपाली भई सबैसँग रम्न चाहान्छु
मेरो जात के हो भनिदेऊ मलाई, म जान्न चाहान्छु।
हे समाज भनिदेऊ मलाई म जान्न चाहान्छु
मेरो देश नेपालको नागरिक भई बाच्न चाहान्छु
यही देशको लागि रगत बगाई स्वाभिमानी भई बाच्न चाहान्छु।
मेरो जात के हो? म जान्न चाहान्छु।
हे समाज भनिदेऊ मलाई म जान्न चाहान्छु
हृदय खोली यही समाजमा रम्न चाहान्छु
मेरो सिर्जनशील क्षमतालाई किन रोकिराको छौ?
म सोध्न चाहान्छु
स्वाभिमानी नेपाली भई बाच्न देऊ, म बाच्न चाहान्छु?
हे समाज भनिदेऊ मलाई म जान्न चाहान्छु
आफूलाई सर्वश्रेष्ठ ठान्नेलाई सोध्न चाहान्छु
मानवताभन्दा ठूलो अरु हुन्न भन्ने कुरा सिकाउन चाहान्छु
हे समाज मेरो जात के हो? म जान्न चाहान्छु।