कति दिनसम्म ती बलात्कारीसँग डराएर बस्छौ?
जब ती नरपिसाच सामु लड्छौ तब मात्र तिमी साहसी बन्छौ
यहाँ दैनिकौ कैयौँ चेलीको चोली फाटिने गर्छ
ती कलिलो उमेरमा रमाउने पलमा कुदृष्टिले जिन्दगी अन्धकार बन्छ
आजकल यो सहरमा न्याय पनि नगदमा बिक्ने गर्छ
के गर्नु हजुर, निर्मला जस्ता कैयौँ चेलीको
बलात्कारी यहाँ खुल्ला आकाशमा हिँड्ने गर्छ
आखिर कहिलेसम्म नारीमाथि दुर्व्यवहार सहनु पर्ने हो?
उठ नारी उठ अब सशक्त रुपले अघि बढेमात्र
तिमीमाथि दमन गर्ने को अन्त्य हुने हो
कति दिनसम्म नारी झ्याल खानामा बस्नु पर्ने हो?
कति दिन अन्याय, अत्याचार सहनु पर्ने हो?
के नारीमाथि हुने हिंसाले समाज रुपान्तरण हुने हो?
उठ नारी उठ समय आइसकेको छ
अब विद्रोही प्रश्न ठडाएर, आफ्नो हकको लागि अघि बढ्नु पर्छ
भनिन्छ छ नि, आगो नठोसी बल्दैन
जब तिमीले आफ्नो आवाज बुलन्द गर्छौ,
तब कसैले पनि तिमीमाथि दुर्व्यवहार गर्दैन।