फरक अनुभूति सायद तिम्रा ती
मझधारमा उभिएर बसेका कण्ठित
प्रश्नहरुको
सायद म जानेर पनि अन्जान सरह
प्रतिउत्तर दिन चाहदिनँ
थाहा छ तिम्रो सोच र मेरो सोचमा
फरक छ
आकश र धर्ती जस्तै
तरंगमा बहकिएर मैले अन्जानमा गरेका
गल्ती हुन् जो
तिमी माथिको विश्वास
छट्पटी अनि त्यो बिना प्यासको तिर्खा
बेमौसमी बर्खा अनि ती आकाशमा
मडारिएका बादल
कस्ले थाहा पाउन सक्छ र
मेघ गर्जिन्छ कि आकाशमा नै विलीन हुन सक्छ
लाग्छ कहिले सूर्य पनि बिहानको प्रतिक्षा बिना
मध्यरातमा नै उदाओस्
औँशीको रातमा पनि चन्द्रमा खिलखिलाओस्
त्यो सुख्खा मरुभूमि पनि हराभरा होस्
सधैव वसन्तको आगमन होस्
अनि तिम्रा ती प्रश्नका उत्तर र तिमीप्रतिको
विश्वासलाई आत्मसात गर्दै
शुभ बिहानीको प्रतिक्षा होस्।