भन्दा धेरै असहज परिस्थीति पार गरेका छौँ, गर्दै छौँ तर पनि यसबाट सहज सन्तुष्टि प्राप्त गर्न सकिन्छ। आफ्नो मान्छेको दायरामा सहज मान्ने हाम्रो नेपाली समाज नाता सम्बन्धका नकारात्मक असर र प्रभाव नभएका होइनन्।
राम्रो पक्ष पनि नाता सम्बन्ध नै हो। नातावाद र नाता-सम्बन्ध फरक कुरा हुन्। नाता सम्बन्धको आफ्नो आफ्नो हेराई, बुझाई, भोगाई हुन्छ। यही सम्बन्धको आ-आफ्नो परिभाषा, कहिले काहीँ अर्थ खोज्न पुगिन्छ।
यही अर्थ खोज्ने क्रममा म पनि पुगेँ। नेपाली बृहत शब्दकोशको अनुसार नाता भनेको पारस्परिक सम्बन्ध जन्म वा विवाह आदिबाट भएको सम्बन्ध, गोत्र वा कुटुम्बको सम्बन्ध हो। तिम्रो र मेरो जन्मबाट भएको सम्बन्ध हो।
र मेरो नि यस्तै सम्बन्ध छ, म र मेरी बहिनी बीच।
जेरी सुस्मिता, तेरो नामै कति गुलियो छ यार। खाइदिउँ खाइदिउँ लाग्छ। उकालीको चिसो पानीभन्दा पनि मिठो।
म एकताका सोच्थेँ, मेरो नाम पनि त्यस्तै केही राखिदिउँ- जेरी, पुरी, समोसा। प्रिती चाउचाउले प्रचार गर्दा भन्थ्यो- भोक लागेमा प्रिती खाउँ, एक चाउचाउ भोक नलागेपनि सानोमा भोक त साह्रै लाग्थ्यो नि है?
सोच्थेँ, चाउचाउ पो राखिदिउँ कि। एकातिर सानो डर पनि थियो। भोक लाग्दा मान्छेहरू मलाई पो खाइदिन्छन् कि!
तर पछि बुझियो, तेरो नाम खानेवाला जेरी होइन रैछ। टम एण्ड जेरीको जेरी पो रैछ। क्या मजा आउँथ्यो यार त्यो हेर्दा। जिन्दगीमा मजा लिने तरिका पनि त समयले बदलिदिन रैछ। ऐले दुईचार जना टमहरू र तँ जेरीलाई हेर्दा मजा लाग्छ। जिन्दगीको चर्तिकलाहरू हेर्दा मजा लाग्छ।
मसँग जोडिएका कम नाता छन्। म धेरैसँग घुलमिल हुनै सक्दिनँ तर जोसँग नजिक हुन्छु, उनीहरुलाई म आफूभन्दा अलग मान्छे हुन् भन्ने पनि सोचदिनँ। उनीहरुलाई दुख्दा मलाई पनि दुख्छ, उनीहरुको खुसीमा उनीहरु जतिकै म पनि खुसी हुन्छु।
त्यस्तै थोरै मध्ये एउटा यस्तो नाता छ जस्मा मैले आफैलाई देख्छु। ऊ अर्को मान्छे हुँदै हैन, मै हो अथवा मेरै भर्सन हो जस्तो लाग्छ। जस्को असाध्यै याद आउँछ, जस्को असाध्यै माया लाग्छ।
म तँलाई मन पराउँदिनँ। प्रायः अनिदो रातहरुमा आफ्नो मनले आफैसँग यही प्रश्न गरेर बसिरहन्छु म कि यो मान्छे तेरो को हो? धेरै सोचेर अर्को मनले जवाफ दिरहन्छ कि फूलहरु मध्ये सबैभन्दा मन पर्ने फूल पनि त एउटै हुन्छ। मान्छेहरु मध्ये यो मान्छे पनि त्यस्तै हो तेरो।
फूलहरु मध्ये सबैभन्दा राम्रो फूल गुलाब हो। तर मलाई गुलाब मन पर्दैन। मान्छेहरु मध्ये यो मान्छेभन्दा पनि धेरै राम्रो मान्छेहरु पनि त छन् नि। तर मलाई मान्छे यही मन परिराख्छ।
त्यति बेलै होस् खुल्छ, यो सबै भ्रम हो जस्तो लाग्छ। हुन त भ्रम के हो मलाईभन्दा तलाई राम्रोसँग थाहा छ।
याद गर्नु र सम्झिनु फरक कुरा हो जस्तो लाग्छ। यो दिन मैले याद गरेँ कि सम्झिएँ खै के हो तर बिर्सिएको छैन।
हुन त मलाई धेरै कुरा लागिरहन्छ। म मान्छु कि कहिलेकाहीँ हामी बीचमा झगडा पनि होला तर जति झगडा भएपनि मसंग तँ धेरैचोटि रिसाए पनि, धेरै बेरसम्म कहिल्यै नरिसाएस् है। केही छिनमै भैगो, अब छाड्दे सबैकुरा अनि अरु के छ सुनाउनु भन्न नछाडेस् है।
नजिकको हरेको मानिसलाई अंगालो मारिँदैन, अंगालो ती मानिसलाई मारिन्छ जो मनको नजिक रहन्छ। नानी तलाई यसरी नै तेरो हरेक सुख दुखमा आंगालेर लग्न मन छ।
र फेरि पनि तलाई धन्यवाद कसरी दिउँ?
मेरो मनमा पनि प्लटिङ जस्तै जस्तै क्यै खुलेको थियो, र तलाई घडेरी जस्तै बनाएर बाँडेर मेरो मन लगिसकेको छेस्। मसँग अहिले धन्यवादका शब्दहरू मात्र पनि छैनन्। के लेखेर, भनेर धन्यवाद दिउँ?
मलाई थाह छ, तलाई धेरै धेरै धन्यवाद छ भनेर मात्रै पुग्दैन। पुगे पनि मलाई पुग्यो जस्तो लाग्दैन।
सबैको मुख मिठो गराउने ठुलो इच्छा थियो, सम्भव भएसम्म गराएँ पनि। गराउने पनि छु। यो लेखिरहँदा नवराज दाइको 'हेप्पी बर्थ डे' कवितामा जस्तै भावुक भाको छु म।
एउटा यस्तो आभास, मलाई माया गर्नेहरूको कमि छैन। अलि घमण्ड गरेर भनूँ या हिरो बनेर भनूँ, भाग्य होस् त मेरो जस्तो।
धन्यवादको सट्टा म माया दिन्छु, मेरो मायालाई माया गरेर राखेस् है?