सधैं पर्खिरहन्थ्यो रे
सधैं कुरिरहन्थ्यो रे
उनी कहिले आउँछिन् र सुहाउँछिन् मलाई
उनी कहिले आउँछिन र महशुस गर्छिन् मलाई
उनी कहिले आउँछिन् र मग्ध बनाउँछिन् मलाई
बुढापाकाले भन्थे नि
उहिल्यै... नै
कहिले हो कहिले
हिम्वतखण्डको
एक सुन्दर युवती
सरोबरको सौन्दर्यमा सम्मोहित बनेर
सरोबरबाट निस्किँदा
एक युवकले
छेउमा बसेर उन्को आवाज सुनिरहँदा
उन्को त्यो नयनमा डुबेर बोलिरहँदा
गुनगुन मनमा प्रेमलाप गरिरहन्छ रे!
कल्पना गर्छ रे आफ्नै अंगालोमा भएको
अझै कल्पना गरी हराउँदा
मानिसहरुको जन्ती
नौमती बाजा
स्वयम्बर र राता टीकाहरुको
र सबैभन्दा बढी
प्रणयवत्सलताको-
परमाक्षर
अर्थात्
प्रेम
त्यसैमा हराइरहन्छ रे
उनैमा हराइरहन्छ रे
प्रिय उनी।