सबै फेरिए यहाँ,
नफेरिएको त्यही चलन,
पहिल्यैदेखि भन्थे,
अहिले पनि भन्छन्,
जनताका सेवक हौं भनेर,
भन्ने र गर्ने त्यही पुरानै चलन।
देशका रक्षक हुँ भन्छन्,
अब यहाँ नेता फेरिए,
संविधान नयाँ आयो
तर नीति भित्रको चलन फेरिएनन्,
दलका नाम फेरिए,
प्रवृत्ति उस्तै छ,
व्यवस्था फेरियो,
अवस्था फेरिएनन्,
त्यही पुरानै चलन।
सबैले भन्छन्
जनताकै लागि राजनीति,
जनताकै लागि विकास,
देश बनाउँछौँ,
विकास गर्छौँ,
समृद्धि दिन्छौं,
हिजो राजा महाराजा
अनि राणा पञ्चेले,
आज कांग्रेसले,
अनि कम्युनिस्टले भन्दै छन्
त्यही पुरानै चलन।
राष्ट्रियताको नारा सबैले दिन्छन्
अनि भन्छन् एकले अर्कोलाई देखाएर,
आफू राष्ट्रवादी हुँ भन्ने कथन गर्छन्
अब त सत्तामा पुग्न,
जनतामा हैन,
छिमेकी भारत पुग्छन्,
अनि भन्छन् माग पूरा भएन्,
त्यही पुरानै चलन।
विकास गर्छौं भन्नेहरु
एउटा अस्पताल बनाउँदैनन्
नेता बिरामी भएपनि,
उपचार स्वदेशमा गर्देनन्?
युरोप अमेरिका पुग्छन्
नभए छिमेकी देश भारत पुगेकै छन्
त्यही पुरानै चलन।
हिजो बिपी जान्थे,
आज प्रचण्ड, झलनाथ,
अनि फेरि भन्छन्,
हामी जनतालाई साथ दिन्छौँ,
देश बनाउँछौँ
खै कस्तो हो यो रीति तिथी!
कहिले नफेरिनी यही चलन।