वसन्तको आगमनसँगै
नयाँ वर्ष तिमी आऊ
खोक्रो पेट र रित्ता हातहरुमा
काम र माम लिएर आऊ।
विधुवाको सिन्दुर र टुहुराको अलापहरुमा
मधुर झन्कार बनेर आऊ
नयाँ वर्ष तिमी आऊ
शान्ति मुस्कान लिएर आऊ।
आक्रोश, पीडा र जलनका घाउहरुमा
मल्हम तिमी लगाइदेऊ
अन्याय, अत्याचारी र स्वार्थीहरुको भिडमा
न्याय, अहिंसा र भाइचाराको ज्योती फैलाऊ
नयाँ वर्ष तिमी आऊ
सुनौलो बिहानी ल्याऊ।
रक्त रन्जित यी वस्तीहरुमा
शान्तिको राग अलाप्दै आऊ
भाइ-भाइको दुस्मनी भित्र
भातृत्वको भावना फैलाउँदै आऊ।
नयाँ वर्ष तिमी आऊ
सबैतिर खुसी ल्याऊ।
बुद्धत्वको देशमा
शान्तिको ज्योती फैलाऊ
नयाँ वर्ष तिमी आऊ
सवा तीन करोड नेपालीको
अतीत बिर्साउने आनन्द ल्याऊ
नयाँ वर्ष २०७८ तिमी आऊ।