जब म साँच्चीकै एक्लो हुन्छु नि
म एकान्त खोज्दै हिँड्ने गर्छु,
आमा,
भनिदिनुस् न मेरो एकान्तको साथी कहाँ छ?
म आमाको 'ममतामा' एकान्त भेटिन्छ कि भनी
आमाको काख खोज्छु।
बुवा,
भनिदिनुस् न मेरो एकान्तको साथी कहाँ छ?
कतै भेटिएला कि भने त्यो 'बालापन' सम्झिएर बुवाको काँध खोज्छु।
ए साथी,
भनिदेऊ न मेरो एकान्त मैले कता भेट्छु?
ती बितेका पलहरुमा कतै एकान्त पाउछु कि भनी
पुराना साथ खोज्छु।
ए दुनियाँ,
भनिदे न यो भिडमा मैले मेरी एकान्त कता भेट्छु?
यता उति हेर्छु घेरिएको पाउँछु,
घरि साथ खोज्छु
घरि काख खोज्छु
घरि सम्हाल्ने एउटा हात खोज्छु।
अहिले त मान्छेलाई एक्लो हुन केही नचाहिँदो रहेछ,
बस् केही फुर्सद अनि फुर्सद मेटाउन एउटा खेलौना,
सोच्छु म एक्लो छु
तर म एक्लो भएर नि 'एक्लो' किन हुन सक्दिनँ?
फेरि म एकान्त खोज्न हिँड्छु।