आऊ नव वर्ष तिमी, हर्ष र उमंग लिएर
आऊ नव वर्ष तिमी, देशमा सुख र शान्ति लिएर
आऊ नव वर्ष तिमी, सबै नेपालीको सु-स्वास्थ्यको कामना लिएर
आऊ नव वर्ष तिमी, सबै नेपालीबीच भाइचाराको सन्देश बोकेर
आऊ नव वर्ष तिमी, सबै नेपालीहरुको घरमा लक्ष्मीको बास होस् भन्ने आशिष लिएर
आऊ नव वर्ष तिमी, सबै नेपालीहरुको मुखमा सरस्वतीको बास होस् भन्नै आषिश लिएर
आऊ नव वर्ष तिमी, सबै नेपालीहरुको गाँस, बास र कपासको आवश्यकतालाई पूर्ण गरेर
आऊ नव वर्ष तिमी, सबै नेपालीहरु बीचमा सुमधुर सम्बन्ध होस् भन्ने कामना लिएर
आऊ नव वर्ष तिमी, सगरमाथाको चुचुरोबाट शान्तिको बिगुल फुकेर
आऊ नव वर्ष तिमी, देशमा सधैँको लागि राजनैतिक स्थिरता लिएर
आऊ नव वर्ष तिमी, सबै नेताहरुमा सद्बुद्धी आओस् भन्ने कामना लिएर
आऊ नव वर्ष तिमी, सबै नेताहरु बीचको बैमनुष्यतालाई हटाएर
आऊ नव वर्ष तिमी, सबै नेताहरुमा मनदेखि नै देशप्रतिको माया र मोह होस् भन्ने मन्त्र दिएर
आऊ नव वर्ष तिमी, सबै नेताहरुमा निस्वार्थ भावना होस् भन्नै कामना लिएर
आऊ नव वर्ष तिमी, विश्वमै शान्ति र भातृत्वको सन्देश बोकेर
आऊ नव वर्ष तिमी, विश्वमै 'कोरोना' सधैँको लागि निर्मूल गरेर।