नयाँ वर्ष,
तिम्रो आवागमनमा स्वागत छ।
सधैं आउँथ्यौ,
अनि पुरानो भएर जान्थ्यौ,
आउँदा नयाँ सन्देश र उमंग बोकेर आउँथ्यौ
जाँदा निरास भएर फर्कन्थ्यौ,
मानौं मिति पुगेका औषधि जस्तै,
कामै नलागने रक्षान तिर फालिन्थ्यौ।
खुसी र उमंग त नियति नै हो तिम्रो,
अब त्यसमा लक्ष्य बोकेर आऊ,
हिजोको ब्राण्ड नेम बदेलेर आऊ
आउँदा अलि फरक भएर आऊ।
घर गोठ झुपडीहरूमा पनि रमाऊ
चर्याइरहेको घाउहरूमा मल्हमपट्टी लगाऊ।
तिम्रो परागमनमा,
चौतारी अनि बाँझो खेत रोयो होला
अब त समय बदलिएको छ,
अफ्नै घर स्वर्ग हुन्छ भन्ने बोध भयो होला,
तिम्रै पसिना बगेर तिमी तर्ने सात समुद्र बन्यो होला,
यहाँ तिम्रै रेमिट्यान्सले देश चल्यो होला
तर तिमी नै नहुँदा घर तिम्रो कसरी चल्यो होला?
आऊ नयाँ वर्ष तिमी,
सबैको घरआँगनमा आऊ,
विक्षिप्तहरूको धड्कन समाऊ,
सधैँ थाती राखेको सीमा पार लगाऊ,
न्याय नपाए नेपाल जानू भन्ने थिति,
फेरि पनि बसाऊ।
भौतिक विकासले मात्र समृद्धि भइँदैन
त्यसैले अब आउँदा, सबैको चेहरामा कान्ति ल्याऊ।