आयो वर्ष नयाँ प्रमाद नगरी भन्छन् प्रमादी सब
यो सम्बतसरमा बसेर भवमा दुर्भाव छाडी अब
आएको नवसालमा जरिबुटी खोजेर झोला भर
यस्तो दुर्गुण रोगको विलय भै भाग्नेछ एक्लै पर।
आयो साल नयाँ रहन्न अवता संसारमा दूषण
जस्ले विश्व डराउँदैछ अब यो बाटो तताइकन
हिँड्दा निर्भय भै बसेर अहिले गर्दैछु यो कामना
यस्तो आपत आउँदा पनि यहाँ बाँडेर सद्भावना।