ए कति गर्छौ?
ए कति गर्छौ यस्तो काम?
पुगेन र अझै तिमीलाई?
कति खेल्छौ नारीको शरीरसँग?
सराप्छिन् होला आफ्नै बहिनीले तिमीलाई
तिहारको टीका लगाउँदा
रक्षाबन्धनको डोरो बान्दा
तिहारको त याद नआऊला
तर, रक्षाबन्धनको
डोरोलाई सम्झ
तिम्रो पनि त बहिनी थिइन् होला तिनी
विचरा तड्पेको त्यो
निर्मलाको आत्मालाई सम्झ।
छोरीलाई तिरस्कार गर्ने समाजलाई
बुहारीलाई हेप्ने परिवारलाई सोध्न मन छ
के अझै पुगेन र तिमीलाई?
कि अझै बाँकी छ केही?
अब त हटाइदेऊ न बिन्ती गर्छु
त्यो अन्धकार आँखाको
कालो पर्दालाई।
सरस्वती त बिर्सियौ होला
याद नहोलिन् लक्ष्मी पनि
नारीको शरीरसँग खेल्न छाड न अब
भागिरथीको पीडा सम्झन अब
अझै पनि बुझ्दैनौ भने तिमी
म केही भन्दिनँ
नारीहरु दुर्गा रुप धार्न बाध्य
हुनेछन् अब।