मै हुँ भन्ने मनोरम पुष्प पनि
ओइलिएर नझरेको कहाँ छ र?
म नै हुँ भन्ने वडा महाराज पनि
गद्धीच्युत नभएको कहाँ हो र?
अति सुन्दर म भन्ने त्यो जूनमा
ग्रहणन लागेको कहाँ छ र?
सर्वशक्तिशाली म भन्ने ती योद्धाहरु
नमासिएका कहाँ हुन् र?
म बलियो छु भन्ने शिला पनि
जलको तरंगले नै खियाइदिन्छ,
म कडा छु भन्ने फलामलाई त
पानीका थोपाले खिया लाइदिन्छ,
ती विशाल अजंग हिमालहरु त
पवनको वेगले नै तासिदिन्छ,
मै हुँ भन्ने त्यो सूर्यलाई त
बाफका झुप्पाले नै छेकिदिन्छ
संसार हिँड्ने यो पैतलालाई त
एऊटा खिलले नै सिद्धयाइदिन्छ,
जगत नियाल्ने यी नयनलाई त
एउटा कणले नै तह लाइदिन्छ,
सबभन्दा बलियो अग्राखलाई त
विस्तारै धमिराले कोट्याइदिन्छ,
मै हुँ भन्ने हामी त को नै हौं र
समयले कोल्टे फेरेर कुनबेला कात्रो ओडाइदिन्छ।