यो कस्तो भाईरस आयो कोभिड १९, कोरोना भाईरसको।
छाएको छ सर्वत्र यसको डर अनि सन्त्रास।
बनाएको छ यसले सबैलाई त्रसित।
दुई वर्ष भईसक्यो अझसम्म पनि,
हराउने नाम लिएको छैन यसले दुनियाँबाट सधैको लागि।
पुन: छायो सर्वत्र यसको दोस्रो लहर अझ भयानक रूप लिएर ।
यो कस्तो समय आयो?
परेको छ मानिस आफ्नै घरमै थुनिएर।
स्वतन्त्रताको लागि लड्ने मानिस,
अनि स्वतन्त्रतापूर्वक बाँच्न चाहने मानिस,
स्वतन्त्रतापूर्वक हिँड्न अनि डुल्न रुचाउने मानिस।
पशुलाई खोरमा थुनेर राख्न सोखिन मानिस,
अनि पन्छीलाई पिँजडामा थुनेर पाल्न सोखिन मानिस,
आज बस्नु परेको छ, आफैं घर भित्र थुनिएर।
कोभिड १९, कोरोनाको डर अनि सन्त्रासले,
स्वतन्त्रतापूर्वक मानिस घुमफिर गर्न नपाउने भो अब।
कहिले पनि नसुनेको ‘लकडाउन्’ भन्न शब्द,
कहिले पनि थाहा नपाएको ‘लकडाउन्’ भन्न शब्द,
सबैको लागि अप्रिय ‘लकडाउन्’ भन्नै शब्द,
अब झुन्डिएको छ जो कोहिको मुखमा ‘फेरि पनि हुने भो लकडाउन।’