सुन्दर ठाउँ थियो,
सुन्दर गाउँ थियो।
फूलहरु फुल्थे,
मानिसहरु डुल्थे,
हाँस्थे, खेल्थे।
तेरो मेरो भो!
बन्दुक बन्यो,
बम बारुद बन्यो,
अहंकार बढ्यो
र बिस्फोट भो।
अनि सकियो
फूल र मान्छे,
खुसी र हाँसो,
युग र सभ्यता।
सुनिँदैछ,
झन् बबण्डर हुँदैछ।
सायद ठूलो छ
चिताउनेहरुले चिताएको चिता
र अपुग भो लासहरु।
तसर्थ,
छोडेर समयलाई एक्लो मलामी,
गरिँदैछ शीघ्रातिशीघ्र
भविष्यको पनि अन्त्येष्टि!