जिन्दगीमा धेरै कुरा भोगेँ
अघि बढ्न खोज्दा
खुट्टा तान्ने भेटेँ
राम्रो काम गर्दा
कुरा काट्ने भेटेँ
झुटोलाई स्वीकार गर्ने भेटेँ
सत्यलाई शिकार गर्ने भेटेँ
जिन्दगीमा धेरै कुरा भोगेँ
मायाको आश दिलाई
स्वार्थ पूरा गर्ने भेटेँ
मुखले राम राम भनी
पछाडिबाट छुरा रोप्ने भेटेँ
जिन्दगीमा धेरै कुरा भोगेँ
आफू गलत भएपनि
मलाई गलत साबित गर्ने भेटेँ
समय धेरै बदलिएको देखेँ
सँगसँगै आफ्नो प्यारो मान्छे
पनि बदलिएको भेटेँ
जिन्दगीमा धेरै कुरा भोगेँ
यस्तै रहेछ जिन्दगी
अनेक थरी भेटेँ
जे भोगेँ जस्तो भेटेँ
आफ्नो चित्त बुझाइ बसेँ
मनमा पीडा भएपनि
सधैं मुस्कुराई बसेँ
आँखामा आँसु छछल्के पनि
त्यसलाई लुकाइ बसेँ
जिन्दगीमा धेरै कुरा भोगेँ
झुटोलाई स्वीकार गर्ने भेटेँ
सत्यलाई शिकार गर्ने भेटेँ
जिन्दगीमा धेरै कुरा भोगेँ।