महाभारतको युद्धमा झैँ ढलिरहेछन्
धेरै चितामा लासहरु जलिरहेछन्
मेरो छिमेकमा
चिच्याउँदै चिच्याउँदै गुहार मागिरहेछन्
केही औश अक्सिजन खोज्दै भागिरहेछन्
मेरो छिमेकमा
मृत्युको लागि पालो कुरिरहेछन्
बेसहाराहरु आँगनमै लास पुरिरहेछन्
मेरो छिमेकमा
शय्या मात्र हैन, औषधिको पनि अभाव छ
जे-जस्तो भएनि उपचार गर्ने दबाब छ
मेरो छिमेकमा
अति दर्दनाक पीडादायी हाल छ
युद्ध हारेको सेना जस्तै चाल छ
मेरो छिमेकमा
दूर्दान्त कथा व्यथाहरु देखिँदैछन्
धेरै वियोगान्त इतिहासहरु लेखिँदैछन्।