जनतालाई कोरोना कहर
त्रसित छ गाउँ र सहर।
गुण्डालाई मन्त्री को रहर
आतंकित छ प्रत्येक प्रहर।।
कमाइ खानेलाई, सरकारको रोक
सोचनीय भो, रोग ठूलो कि भोक ??
जनताको घरमा, पीडा र शोक
देश चलाउनेहरूलाई, छुट्टै छ लोक ??
निषेधाज्ञा रे, बाटो छ जाम
पहुँचवालालाई, मात्र हो काम ??
हेरौं, बसौं, जपौं श्री राम
नेता पाल्ने देशको, नेपाल हो नाम!
नेपाल हो नाम