भगवानको मन्दिर हो अस्पताल,
अनि त्यही मन्दिरका सँच्चा पात्र हुन् स्वाथ्यकर्मीहरु
कोरोना संक्रमणको अग्रपंक्तिमा खटिने
सबै स्वास्थ्यकर्मीहरुलाई छ सलाम।
देश त्रसित अनि आक्रन्त छ फेरि,
कोरोना संक्रमणको दोश्रो लहरले
न भोक छ न प्यास नै,
न त छ आफ्नो तनको ख्याल, न त छ मनमा चैन
न त छ आफ्नो घर परिवारको नै चिन्ता
केवल छ चिन्ता कोरोनाका संक्रमित रोगीहरुको
अहोरात्र खटिरहन्छ कोरोनाका संक्रमितहरुको उपचारमा।
न रात न दिन भनी चौबिसै घण्टा,
खटिरहन्छ सधैँ बिरामीको उपचारमा
बिरामीलाई ऊ आफ्नै परिवारको सदस्य सम्झन्छ
बिरामीको सेवा सुसारमा ऊ आफ्नो जीवन अर्पन्छ।
बिरामीको पीडालाई ऊ आफ्नै पीडा सम्झन्छ
बिरामीको मुस्कानमा ऊ आफू सन्तोष हुन्छ ।
बिरामी निको हुँदा ऊ आफ्नो जित सम्झन्छ
बिरामीको उपचार असफल हुँदा, उ आफ्नो हार सम्झन्छ।
धन्य छ तिमी, धन्य छ तिमीलाई जन्म दिने माता पितालाई
यसर्थ, अग्रपंक्तिमा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई छ सलाम।