आखिर
दौड्यो ऊ अश्ववेगमा
खुट्टालाई उठाउँदै र बसाउँदै।
उसको आज्ञापालन गरेनन्
खुट्टाले वा
खुट्टालाई नेतृत्व गर्नै जानेन उसले!
धारिलो रफ्तारमा दौड्यो
उचाइलाई लात मार्दै
पहाडबाट हतार-हतार सित।
प्यासी छैन ऊ
आशी हैन, दासी हैन
तर पनि चोट लागे लागोस्
केही पाउने लक्ष्य बोकी सायद
ओराली-ओरालीतिर
अवरुद्ध यात्राको प्रवाह नगर्दै दौड्यो।
जीवनको अन्तिम लक्ष्य- प्राप्ति
जीवनको सुन्दर सुरुआत-
ऊ दौडने पहाड तल्तिर बगिरहेको छ
एउटा जीवन अनन्तसम्म।