आमा तिमी, मेरी आमा
महान छौ आमा तिमी
महानताको प्रतिमूर्ति हौ तिमी।
जस्ले महान शब्दको अर्थ बोकेकोछ ।
निस्वार्थी आमाको उदाहरण हौ तिमी
जो धेरै आमाहरुको प्रतिनिधि बनेको छ ।
आमा तिमी मेरी आमा।
वर्णन म गरूँ कसरी तिम्रो
शब्द कोषमा शब्द भेटिँदैन
अदृष्य छन् तिम्रा आत्मीयता
नाङ्गो आखाले कहीँ देखिदैन।
मायाको खानी तिमी
संस्कारको धनी तिमी
तिमी भन्दा अर्को कुनै ठाँउ छैन
मायालु गन्तब्य छैन
तिम्रै मायामा भिजेर
यति आत्मीयता बाँचेको छ।
यो संकार हुर्केको छ।
आमा तिमी मेरी आमा
तिम्रो त्याग अनि तपस्या
बैगुनीलाई गुन लगाई
कहिल्यै नथाक्ने।
दरीद्रतासँग नभाग्ने।
कहाँ बाट शुरु गरौं
कहाँ होला अन्त्य
तिम्रा गुणहरुको ऋण तिरेर
कहिल्यै सकिन्न
परीश्रमी तिम्रा हातहरु
लोभ लाग्दो तिम्रा साथहरु
प्रशंसा गरी कहिल्यै थाक्दिनँ ।
आमा तिमी मेरी आमा
कुन शब्दले सम्बोधन गरौं, म तिम्रो
आमा शब्द थोरै भो तिमीलाई
आमाभन्दा माथिको
आमाभन्दा नजिकको
आमा भन्दा प्रिय शब्द भैदिए
सायद त्यो शब्द
तिम्रै लागि हुन्थ्यो होला
निस्वार्थी महान आमा भनि तिमीलाई
संसारले चिन्थ्यो होला
महानताको त्यो हद हौ तिमी
ज्ञानको सागर तिमी
मेरी प्रिय आमा तिमी
निर्बाद अनमोल तिमी
बेमोल छौ आमा तिमी
मेरो लागि भगवानको
अमुल्य उपहार हौ तिमी
यो जन्म भरीलाई
मिठो प्यार तिमी
म त धन्य – धन्य भएँ
तिमी जस्तो आमाको
कोखमा बास पाएँ
जस्तो भएँ म
कस्तो भएँ
यो अर्थमा भाग्यमानी भएँ
सयौ जुनी भाग्यमानी भएँ
आमा शब्दको सिङ्गो
सुन्दर अनि कोमल
परीभाषा हौ तिमी
ममताको धनि तिमी
आखाको नानि तिमी
मेरो मात्र होइन
हजारौ दुःखी हरुको
आमा तिमी
रुनेहरुको आशुमा साथ दिने
दुख्नेहरुको दुःखमा
हात दिने
दुःखमा साथी तिमी
अरु भन्दा भिन्न अनि माथि तिमी
यो धर्ती, यो आकाश
यो ब्रम्हान्ड अनि स्वर्ग भन्दा पनि माथी तिमी
मेरी आमा तिमी।।।