तिमीले सञ्चालन गरेको मृत्युको हाटबजारमा
म जस्ता लाखौंलाखलाई ग्राहक बनायौं
एउटा अब्यवस्थित हाटबजार सरि,
अस्पतालको गेटदेखि बेडसम्म,
बेडमुनि कोठा, बरन्डा जहाँ जहाँ खाली छैन,
त्यतै भरिएका छन्, गुमनाम तिम्रा जनताहरू ,
तर
खासमा तिम्रा जनता हामी जस्तो जनता हैन नि है!
न हामीसँग तिमीलाई कमिसन दिने औकात छ,
न तिम्रा आसेपासेलाई पोस्ने औकात छ,
तिमीले यही गल्ती बारम्बार दाहोर्याई आफूलाई ठूलो सम्झिरह्यौ,
यी पीडितहरुको पीडाहरु हटाउनको साटो,
आफ्नै सत्ता बचाउन लागिरह्यौ ।
कतै आफ्नै पार्टीभित्र कहिले स्वास्थ्यकर्मीलाई कारबाहीको धम्की दिँदैरह्यौ,
अस्पतालमा सबैभन्दा बढी पीडामा बिरामी र उसका आफन्तहरु
त्यसपछि ड्यूटीमा भएका स्वास्थ्यकर्मीहरु,
स्वास्थ्यकर्मीलाई केही सहज होला डिउटी सकिँदा
तर
म ढोका निरै स्टेचरको बेड बनाई
रातदिन लास गनेर आफ्नो स्वास्थ लाभको कामना गरिरहेछु, विवश बनेर,
तिम्रा प्रदेश सरकार र स्थानीय सरकार म सँगै अक्सिजनधारी भईसके,
न बेड न अक्सिजन बिना पर्खिरहेका कसैलाई
तर कसलाई थाह छैन।
तिमी आफू देउता बन्ने समयमा हनुमानहरूले वा आफ्नै बुद्धिले आफैं देवत्वकरण गर्दैछौ ,
आफ्ना सञ्चारमन्त्रीका ७० करोड,
स्वास्थ्य मन्त्रीको अर्बौ घोटलाका काण्ड मात्रै रोकेर कारबाही गरेको भए,
आज तिमीलाई जनताले देवता स्वीकार गरिसक्थ्ये
तर तिमी तान्डव नाँचिरहेका छौं, आफ्नै घरमाथि, राष्ट्र माथि,
अझै केही बिग्रेको छैन सुध्रनु छ? बेला छ।
बन्द गर्न सक्छौं, बन्द गर मृत्युका हाटबजारहरू !!
नत्र समयको कठोर सजाय भोग्न तयार होउ।
कोरोना सक्रमित, अहिले सेती अञ्चल अस्पतालमा कोरोनासँग लडिरहेको अवस्था।