सेवामा हरदम डाक्टर, बनेरै पेशामा अब्बल
कोरोनासँग लडिराछौ, सेवा झनै डबल
थुनिदाँ सबै आ-आफ्नै घरघर भित्र
दिनरात बिरामीको सेवामा, गुन तिम्रो विचित्र
अरू थुनिँदा निस्किने तिमी, पेसा बुझेर आफ्नो
आफ्नै जिउ दाउमा राख्दै, खटिराछौ सोध्दै के भो
रोगै यस्तो आयो जुन, थियन कैल्यै पैले
लागिराछौ जनको सेवामा, सान्त्वना दिँदै जहिले
संरक्षक तिमी परिवारमा, बनेरै कुशल चिकित्सक
भन्लान नजिकका सबले, नजाउ न अस्पताल भरसक
पेसै यस्तो हो भन्दै, जिद्दी कस्दै हिँडेका छौ
जित्ने आँटमा कोरोना कहर, दिनरात भिडेका छौ
लालाबाला भन्छन् होला, नजानुन् बाबा त्यता
छोड्नुस बरू पेसै भनि, रूदिहुन प्यारी उता
पुकार्दाहुन् आमाबुवा, केही नहोन् यसलाई भनि
सलाम कुशल सेवालाई, नहुँदा पर्याप्त साधन पनि
पिपिई, मास्क, पन्जा, चस्मा, २४ सै घण्टा साथसाथ
आफ्नै अगाडि संक्रमितको भिड, हुन्छ लासको खातखात
खपेरै भोक प्यास, रोकेरै निन्द्रा, खटिईराछौ दिनरात
डर लाग्छ आफैंले नै, बिर्सिन्छौ कि फेर्न सास
पीडा लुकाई खुशी दिने, बहादुर झन तिमी अचेल
मानेरै अस्पताललाई संसार,नगरी लापरबाही अनि हेलमेल
बनीराछौ हजारौंको, दुखेको घाउमा मलम
तन,मन, वचन दिएर सेवा गर्ने, डाक्टर तिमीलाई सलाम
स्यांग्जा