चाहनाका
उपनिवेशहरुमा
केही सार्गिक मौरीहरुले
रस सेवान गरेसके रे, अब त रित्तिएको
सोली नाम्लोले बोके नि उही हातले समाए नि
उही, पल्लाघरे ठूलीमाको मुखाले
भट-भटाससँगै झस्सै तिम्लाई
सम्झिहालेँ,सानै थियौ,
चन्चल थियौ,अब
त नयनका
सुशुप्त
भाषाहरुले
हरेक अंगहरुमा
आगोको झिल्का प्रत्यारोपण
गरेछन्, छोटो जामा लम्बाउले कमिज,
भान्छामा बस्दाका टाटाहरु
बोकेर भाइ-बैनी
सँगै
सिङिर-सिङिर,
श्वासप्रश्वासमा स्कुल
जाने आउने उही तिमी, उही बालहट र
सिङामर्मरको मन, गाउँले चोखो
पानीले स्नान गरी
सहर पसेकी
तिमी,
सहरमा रहर
बडेसी पर्देशी पो भइछौ,
युद्ध त्रास र क्रान्तिले आक्रन्त
मैदानबाट धन पैसोको महल ठड्याउन
लम्बेतान ठोकेकी तिमी गाउँघर
साथी-भाइ सबै भुलिदियौ
रे भन्ने सुन्थेँ, बुढी
आमाका
आँखाका आँसु
पुछ्न तिम्रा कमाइ र रमाइका
पैसाले काम गरेन रे भन्ने सुन्थे,देश
अल्झिएको बेला, मन बल्झिएको
बेला कुकेलाम ठोकेर
मनग्य, आरोग्य
चन्चलाश्री
बन्यौ रे, चाहेको अनि
पाएको धन दौलतले अणु
बम खसाल्दै उत्कृष्ट साबित गर्न
सक्ने भयौ रे,तिम्रो हारको हिसाब किताब
तिमी सँगै होला, अब त जित्नेहरुलाई
हराउन सक्ने भयौ रे,
हेर्दै खाए लाए
जस्ती,
हर्लक्कै छिप्पिदो
उमेर विदेशी पानीले लागेका
दागमा निखार ल्याएछ, सायद झुक्काउँदो
पहिरन अनि बोलीचाली र हाउभाउले
अनमन्न पारिदियो,
भारी बोक्नेले नि
खेतबाट
भन्दै
थिए,अब त तेरा
नि दिन आए बाटुली, खै!
बाटो भुले झैँ लाग्यो, जाँदा सुकेका फूलहरु
आउँदा आँगनभरि फुले झैँ
लाग्यो, तल माथि
विदेशी
रवाफमा २-४
जना झुले झैँ लाग्यो,
बुढी आमाको पाप पटक्कै
नलागोस्, माटोमा घिस्रिँदै छोडेका भाइ
बैनीको माया फिटिक्कै
नघटोस्, ज्यान
फेरिएछ
मन
ज्युउको
त्युउ होस्, बास
होस्,गाँस होस्, सबैको
आस् होस्,आँटे-ताकेको भरी भराउ होस्,
जे होस् जसो होस् जय जय होस्
वल्ला पल्ला सबैले भन्दै
थिए,अब त तेरा
नि दिन आए
बाटुली!