ऊ सम्झिन्छ,
मेरो वरिपरि
हजारौं रुखहरू छन्,
जसले लाखौंको जीवन बाँचेको छ,
म
किन डराउनु!!
थाहा छ,
उसलाई आफ्नो घर अगाडि
मठमा तुलसीको बोट रोपेको छ,
जसले
चौबिसै घन्टा
अक्सिजन दिन्छ!!
थाहा छैन,
उसलाई अहिले
आफ्नो तुलसीले
आफूलाई चाहिने स्वास फ्याँक्दैन,
भन्ने पनि
किनकि, दैनिक ऊ त्यही
तुलासीलाई पूजा गर्न सकेको छैन!!
थाहा छैन,
उसलाई अहिले
आफ्नो श्वास
एउटा सिलिण्डरमा अडिएको छ!!
किनकि, उसको सहरमा
सिलिण्डर छैन
सुन्दैछ ऊ
सिलिण्डर फ्याँकेर जताततै
अक्सिजन पाइप जोडिएको छ
थाहा छैन,
उसलाई तुरुन्तै
मेरो श्वास बन्द हुनेछ,
स्वर्ग र नर्कमा मेरो शरीर
परिणत गर्न सुरू हुनेछ
जब उसको
मृत्युले पूरै ढोका तान्छ,
तब थाहा पाउने छ
जीवनको त्यस ठाउँमा पुग्ने
बाटो कसले कोरिदिएछ!!
थाहा छैन,
उसलाई आफ्नो शवको
पहिचान हराएको,
किनकि, चितामा राख्ने हो कि
चिहान तयार गर्ने हो!!
थाहा छ,
उसलाई आखिर जिन्दगी
हावा नै त रहेछ!!
थाहा छैन,
उसलाई,अक्सिजनको सिलिण्डरमा
उसको विज्ञापन बज्नेछ,
फगत भित्तामा र फ्रेममा
गुणगान सजाइनेछ!!
थाहा छैन,
उसलाई आज म
घाटमा पुग्दैछु भन्ने पनि!!
थाहा छ उसलाई
त्यति त
मेरो चिताको अन्तिम तयारी
सरकार गर्दैछ!!