‘कस्तो समय आयो यो?’
भन्नेहरु लाखौँ देखेँ।
टिभी हेरिरहेका
बोडी छोडाइरहेका
मोबाइलमा दुई हात अल्झाइरहेका
टेलिफोनमा हप्तौंका बात मारिरहेका
उठदा अनि बस्दा
सबैको बोल्ने मन ‘कस्तो समय आयो यो?’
म समय।
म समयलाई बिन्ती गर्नेको ओइरो
म समयलाई गुहार्नेको पनि ओइरो ।
तर थाहा छैन सायद, कति लाचार छु म
सक्दो हुँ त पर्खि भन्दो हुँ
आफ्ना घडीका सुइहरुलाई
फिर्ता लैजादो हुँ त
त्यो परिवेशमा
जहाँ अभाव थियो त मात्र ; माया अनि एकताको ।
आज दुबै देखेँ; माया अनि एकता
अभाव छ त
अक्सिजन, सुई, डाक्टर अनि भेन्टिलेटरको ।
सक्दो हुँ त गर्दो हुँ
हटाउन ब्यथा,मलामी अनि पीडा
ठूला ठूला कुँदिएका झ्यालबाट जिन्दगी चिहाउन नसक्नेको पीडा
पैसा फालेर हावा किन्न नपाउनुको पीडा ।
सक्दो हुँ त गर्दो हुँ
यात्रा अस्पतालदेखि बालुवाटारसम्मको
सुनाउनलाई सराप त्यो अड्किएको अन्तिम सासको
देखाउनलाई त्राश, भोट, नोट र कोट हराएको।
सक्दो हुँ त गर्दो हुँ
म समय अनि मेरो सुइमा घुम्ने ती कथाहरूको।
म समय कस्तो।