रातभरि मेरो चैन चोरेर लाने
देखिरहेको मेरो मिठो सपनामा क्रमभंगता ल्याउने
त्यो मुसालाई मैले सहन सकिनँ।
त्यो कर्कश आवाज 'डस्टबिन' भित्र-
खस्रंग-खस्रंग- कागज र पोलिथिनसँगको पौठाजोरी
मेरो रिसको झोंक मेरो काबिलमा रहेन
रिसमा पनि धर्यता हुँदो रहेछ
मैले बिस्ताराबाट उठेर घडीको मिनेट काँटाभन्दा
शान्त र वसस्तारै गरी मेरो पदचापलाई
चुपचाप अगाडि बढाएँ,
दाहिने हातमा आधा खिइसकेको मेरो चप्पलको तल्ली लिएँ
मैले मेरो सासलाई, मुटुको ढुकढुकलाई रोकेझैँ लाग्यो।
मैले त्यो मुसालाई त्यहीं ठहरै पारेँ
मात्रै एउटा कारणले जहाँ
मेरो खुसी, मेरो चैन,
मेरो सपना, र मेरो मात्र आनन्द थियो।