तँ गरिब छस् र पो म सम्पन्न छु
तँ अनपढ छस् र पो म विराजमान छु
तँ श्रम गर्छस् र म पेट भरिराछु
तँ निरीह छस् र पो म सबल छु!
तँ प्रलोभनमै लट्पटिन्छस् र पो म ढुक्क छु
देश विकास त त्यस्तै हो कान्छा, आफ्नो दुनो सोझो गर्दैछु
एकान्तमा सोच्दछु
तँ सक्षम, सबल नागरिक भएको भए!
म कि त गेट पाले नै हुन्थेँ कि त गाउँको कटुवाल।
त्यसैले , त म नमन गर्दछु हजारौ तँ पात्रहरुलाई
किनकि तँ नै मेरो यो डाहलाग्दो सफलताको कारक होस्
अनि यो झण्डावाल गाडी र रमझमको।