जम्मा एक मृत्युदेखि बच्न धेरै मृत्युसँग लडिन्छ
एउटा जिन्दगी जिउन यहाँ कैयौँ जिन्दगी छोडिन्छ
सहज जिन्दगी खोज्दा खोज्दै काँडै काँडा भेटिन्छ
टालटुल गर्न गर्दा पनि आखिरमा मृत्यु शय्यामा लेटिन्छ
जन्म-मृत्युको दोसाँधमा जिन्दगी नराम्रोसँग अल्झिदिन्छ
शरीर त प्रकृतिको एक रुप हो, सबै आत्मामै बल्झिदिन्छ
लामो यात्रा हिँड्न खोज्दा कति जिन्दगी बीचमै टुंगिन्छ
छोटो-लामो जुनसुकै होस्, अन्तिममा मृत्युमै पुगिन्छ
यत्रतत्र सर्बत्र जताततै जिन्दगी नै जिन्दगी देखिन्छ
जहाँ जिन्दगी नै जिन्दगी छ त्यही पलपलमा मृत्यु भेटिन्छ
जन्म मात्र होइन जिन्दगी, मृत्यु पनि जिन्दगी भैदिन्छ
समय निर्दयी भैदिँदा आगोसँगै खरानी बनी गैदिन्छ।