मेरो प्रधानमन्त्रीले भने विकासले
धरहरा ठडिएको छ।
रानीपोखरी सजिएको छ।
जनकपुर रेल पालमुनि ओत लागेर बसेको छ।
पशुपतिमा सुन र चाँदीको गजुर टल्किएको छ।
सडक किलोमिटरमा नाप गरिरहेको छ।
फगत भौतिक उपभोगमा फर्मान भइरहेको छ।
तर नेपालीले मागेको विकास त
भोकमरीले छटपटाइ रहेको परिवारलाई
वर्षदिन भरी खाना चाहिएको छ।
अस्पतालका बेड र औषधि नपाएकालाई
सर्वसुलभ औषधि र बेड चाहिएको छ।
रोजगार नभएर भौंतारिएका युवाहरूलाई
आफ्नै गाउँघरमा बसी सानो आम्दानी
बाट घर चलाउने रोजगार चाहिएको छ।
दुर दराज स्कुल जाने नानी बाबुहरूलाई
सर्वसुलभ गुणस्तरीय शिक्षा चाहिएको छ।
न्याय नपाएर भौंतारिका गरिब दाजुभाइ दिदीबहिनी
हरूलाई छिटो, छरितो, सुलभ न्याय चाहिएको छ।
तिम्रो सरकारले कबोल गरेको दीगो विकास लक्ष्यले पनि
भोक गरिबी हटाउने भनेको छ।
सर्वसुलभ शिक्षा स्वास्थ्य, रोजगार उपलब्ध गराउने लेखेको छ।
फगत तिम्रो भाषण र उद्घाटनको विकासले
जनताको लागि कागलाई बेल पाकेर हर्ष न विस्मात् जस्तै बनाएको छ।