उनको बाको
बाह्रदिन आइसियू बसाइ पछि
एउटा अस्पतालको
प्रशासन आउनु भयो
र भन्नु भयो-
हजुरलाई बधाई छ
हजुरको बाको कोरोना रिपोर्ट
नेगेटिभ आको छ
तपाईंले अब उहाँको दाहसंस्कार
आफैंले गर्न पाउनु हुनेछ
अक्सिजनको सिलिण्डर
नपाएर के भो त!
सरकारले दाउराको
पर्याप्त व्यवस्था गरेको छ
ए साँच्चै हजुरलाई
थाहा त होला नि है!
सरकार लास जलाउन
हजार रुपैयाँ सहयोग गर्दैछ
अर्को कुरा
लास जलाउँदा नयाँ मन्त्र भन्नु पर्ने छ नि
तपाईंको बा त त्यस्तै हो
तर उहाँहरूको 'बा' ले
मोक्ष नपाए दोष तपाईंलाई आउला
अनि मन्त्र त थाहा नै छ नि है
के.पी. 'बा' आई लभ यू!