घडीको चाल बद्लियो,
प्रविधिको स्तर बद्लियो
जीवनको दैनिकी बद्लियो
सोचाइ बद्लियो
कला बद्लियो
सीप बद्लियो
विधि बद्लियो
प्रविधि बद्लियो
र जीवन पद्धति बद्लियो
सबै बद्लियो
तर झुपडीमा बसेकाहरुको
भोक बद्लिएन
अभाव बद्लिएन
रोदन बद्लिएन
आँसुको गहिराइ बद्लिएन
झुपडीका भित्ताहरु बद्लिएनन्
तिनका सन्तानहरुका
बस्त्रहरु बद्लिएनन्
चोटहरु बद्लिएनन्।
सबै बद्लियो
तर
शासकहरुको प्रवृत्ति बद्लिएन
भ्रष्टाचारको गति बद्लिएन
भ्रमण र भत्ताको संख्या बद्लिएन
वैदेशिक ऋणको भारी बद्लिएन
सबै बद्लियो
मात्रै मेरो देशको नक्सा बद्लिएन
अनि मेरो देशको मुहार बद्लिएन।