शिक्षक हुँ म शिक्षण पेशा सधैँ मेरो प्यारो
यो पेशाको उकाली-ओरालीमा लागेन कहिल्यै गाह्रो
लिएर डस्टर र मार्कर पहिले सिकाउँथेँ गई कक्षामा
आज सिकाउँदै छु अघि बसी ल्यापटप र मोबाइलमा
सिकाउँथेँ रमाउँदै कक्षामा विद्यार्थीको अघिपछि नाच्दै
आज परिस्थितिले गर्दा सिकाउँदैछु अनलाइन कक्षामा हाँस्दै
थाहा छ म शिक्षकलाई यो पेशा छ अति कठिन
तर पनि रत्तिभर विचलित छैन मेरो मस्तिष्क र मन
जस्तो परिस्थितिमा पनि छु म सधैँ तम्तयार
शिक्षाको ज्योति छरी हटाउन अशिक्षाको अन्धकार
पहिला भन्थेँ म विद्यार्थीलाई गई घर नभुल मोबाइलमा
कस्तो दिन आयो आज भन्नुपर्ने भयो पढ्न बस मोबाइलमा
समय र परिस्थितिअनुसार सबै फेरिँदो रहेछ
आफैलाई परिवर्तन गरी हामी चल्नुपर्दो रहेछ
कोरोनाले लुट्यो सबैतिर धेरैको जन र धन
सकेन अन्धकार बनाउन विद्यार्थी र शिक्षकको मन
कोरोनाकै कारणले सिकेँ मैले धेरै कुरा
पहिले गर्थें विद्यार्थीसँग घर र स्कुलका कुरा
तर आज गर्न थालेँ जुम र माइक्रोसफ्टका कुरा
जुन हातले चलाउँथेँ मार्कर र डस्टर सिकाइका लागि
आज त्यही हात भयो खप्पिस स्क्रिन सेयर र पावर पोइन्टका लागि
आयो कोरोना कसै-कसैका लागि ठूलो कहर बनेर
तर आयो यो शिक्षक र विद्यार्थीका लागि अवसरको खानी बनेर
दुःख त लाग्छ नि बसी सिकाइ गराउन एक्लै बन्द कोठामा
तर खुसी पनि छु विद्यार्थी र आफूमा डिजिटल लिट्रेसीको सीप विकासमा
शिक्षक हुँ म शिक्षण पेशा सधैँ मेरो प्यारो
यो पेशाको उकाली ओरालीमा लागेन कहिल्यै गाह्रो
यो पेशाको उकाली ओरालीमा लागेन कहिल्यै गाह्रो।