बिरामी तड्पदै मरेको देखियो
सरकार पछाडि सरेको देखियो
राजनीति त सेवा मैले बुझेको
नेताले व्यापार गरेको देखियो
चित्कार सुनिन्छ अक्सिजन पाउँ
राज्यले कनिका छरेको देखियो
न रह्यो नैतिकता न त सरम
नेता पो गिरेको झरेको देखियो
भ्याक्सिनमा भ्रष्टाचार सुन्नुपर्यो
लुटेरै भकारी भरेको देखियो
रोगले सतायो बिलले सुतायो
बिरामी मारमा परेको देखियो
सरकार तेरो दायित्व होइन?
गोरुले झैँ आँखा तरेको देखियो
दैवले दिएको पितृले हरेझै
सत्ताले सबै नै हरेको देखियो।