कही कतै पनि अक्सिजन नपाएपछि
थचक्कै बसेका छन् हर्के
गोठ छेवैमा
त्यही बेला गोठाला पनि आइपुगे
पटुका कस्दै उठेर बिलौना गर्न थाले हर्के
गोठाला सामु
एक सिलिण्डर अक्सिजन ल्याउन सके
आङ्खनो छोरो बाच्ने छ
यता गोठाला पनि दुखेसो पोख्न थाल्छ
केही बस्तुभाउ लान सकेमा
जोगिने छ कुर्सी
अब भने मेघ ठप्प भयो
वर्षा टपक्कै रोकियो
सायद कोरोनाले पनि जिब्रो टोक्यो!