म भाग्यमानी हुँ अरूभन्दा, पाएँ बास अस्पतालमा।
नपाएर उपचार कोही, मरिरहेछन् बाहिर त्रिपालमा।
अक्सीजनको नलिले नाकमा, अडेको छ मेरो सास।
सुन्दैछु, छैन रे अर्को सिलिन्डर, फेर्नलाई आस पास।
जसै सकिनेछ यो सिलिन्डरबाट आएको अक्सीजन।
सुटुक्क जानेछ प्राण मेरो, कसैलाई नसोधिकन्।
नपाउनु दुःख, नगर्नु हार गुहार, न गर्नु फोन कतै पनि।
नदिनु दोष डाक्टरलाई, नगर्नू गाली कसैलाई पनि।
आउँदिन फर्केर अब लास जलाउने ब्यवस्था मिलाउनू।
काट्नु कसैले हरियो बॉंस, कसैले कात्रो मिलाउनू।
नरूनू कोही मलाई सम्झेर प्रियाको चुरा नफोडीदिनू।
बरू सुटुक्क गएर मृतकको लिष्टमा मेरो १ जोडीदिनू।
(अस्पतालमा अक्सीजन सकिएर मृत्युवरण गरेकाहरुको सम्झनामा)