हे गणतन्त्र ,
तिमी आन्दोलनकाे नारा बनेर आयाै
गरिब निमुखाकाे झुपडी उत्साहित बनाएर आयाै,
समाजवाद , साम्यवाद र लाेकतन्त्रकाे सपना बनेर आयाै।
निरंकुशताको विराेधमा ओठे भजनमा आयाै, नातावाद , कृपावाद , डनवाद र धनवादका रूपमा आयाै।
हे गणतन्त्र ,
लाेकतन्त्र सहितकाे गणतन्त्रको संविधान, धर्मनिरपेक्ष बनेर आयाै,
मुनकाे हाेलीवाइन खुवाएर नेतालाई आफ्नाे पञ्जामा लुडाे खेलकाे गाेटी बनाएर आयाै।
हे गणतन्त्र, जनजनकाे शान्ति, सुख र संवृद्धिको सपना देखाएर आयाै,
आपसी खिचातानी,धाेकाधडी,लुछाचुडीमा भागबन्डामा आयाै
आफ्नै साैतेलाे भाइबीचमा बण्डा नमिलेर झगडिया बनेर आयाै।
अपसी सताकाे प्रेमलिनमा मस्त भएर सर्वसतावादकाे भूत बनेर आयाै।
हे गणतन्त्र ,
तिमीलाई हामीले किन स्नेह गरेकाे थाहा छ ?
निरंकुशताकाे विराेधमा जनताकै भलाइ,भाइचारा, सद्भाव, स्नेह रुपी सुवास छरेर बसाैंला
प्रणालीको विकास गरी जनकाे जीवनमा सुख र खुसी छराैंला।
फाेटेका टाेपी र च्यातिएका फरिया टालाैंला
सन्ताेषका सुखमा जिएर आन्नदकाे राेटी चपाउँदै जिऔंला भनेर तर तिमी त हिहिहिकाे मुस्कानमा गजधम्म भएर आयाै।
हे गणतन्त्र ,
दुई तिहाइकाे समाजवादी सरकार ढलाएर गयाै।
आफैं स्वघाेषित तानाशाहकाे आवरणमा आयाै।
छिमेकी ठूलेकाे लम्बे तरबार देखाएर आफ्नै झड्केलाे भाइलाई लाेप्पा खुवाएर गयाै।
हे गणतन्त्र,
अति त्यति मात्र कहाँ हाे र नागरिकताको अस्त्रले राष्ट्रियता जलप लगाएर गयाै,
राष्ट्रवादी मखमली चाेली र फरियामा चुच्चे नक्सा बुच्चे बनाएर, प्रेम लिन प्रतिज्ञामा हिहिहि मिसाएर गयाै।
हे गणतन्त्र ,
तिमी किन आयाै ? अचेल सम्झेर पनि रिङ्गाटा लागेर आउँछ
आखिर तिम्राे आरति र भजनले भुइँ मान्छेले के पाउँछ याे महामारीको नागरिक रैति सरह छटपटाएर बाँच्न विवश छ, तर तिमी तिकडम र किर्तेमा व्यस्त छाै,
सेटिङ र डेटिङकाे घनचक्करमा बयलगाढामाथि बसेर अमेरिका पुग्न ,
आशका सपना देखाएर स्वाभिमान र अस्मिता लुट्दै,
एक सिलिन्डर अक्सिजनकाे पर्खाइमा आफूलाई गाेलाेक यात्रा गराउन विवश नागरिक टुलुटुलु हेरिरहेछु।
हे गणतन्त्र,
तिमीलाई साधुवाद छ, जनयुद्ध ,धनयुद्ध, सेटिङ र डेटिङकाे खुट्किलाेमा,
जनताकाे पिलाे बनेर नेपालीजनकाे गलगाँड नबन्नू,
आफ्नी प्रियतमालाई आलिङ्गन बाहुमा कसेर यी जनका गाथाहरू कसैलाई नभन्नू है मेराे गणतन्त्र।