निर्दोश अनि निमुखालाई पो ऐन छ
ठूला अनि भ्रष्टलाई त चैन छ नि
बलात्कारीको हत्यारा पो भेटिंदैन त
हत्यारालाई जोगाउने अभियान्ता त भेटिन्छ नि
बिरामी पो एम्बुलेन्स नपाएर मर्नुपर्छ
नेताको उम्मेदवारीलाई हेलिकप्टर त छ नि
कोभिड बिरामीलाई अस्पताल र अक्सिजन पो छैन त
नेताको घरैमा निजी डाक्टर त छ नि
भोकमरी पीडितलाई अन्न पो छैन
भ्यू टावर अनि पार्क बनाउने पैसा त छ नि
विकटका तुइन, स्कुल, अस्पताललाई रकम पो पुग्दैन
नेताको बिलसितालाई त पुग्छ नि
गरिबको घरमा चुल्हो बाल्ने जोहोलाई पो योजना छैन
ठूलाको घरमा दिवा अनि रात्रीभोजलाई त छ नि
पसिना बेच्ने किसान अनि मजदुरलाई पो दुख छ
ठगी, कालोबजारी गर्नेलाई त मस्ती छ नि
समाजसेवी, पत्रकार, राष्ट्रसेवकलाई पो सुरक्षा छैन
राजनीतिको खोल ओढ्ने कार्यकर्तालाई त छ नि
विपदमा जनतालाई पो सास्ती अनि कहर छ त
सरकार फेर्दै बस्ने नेतालाई त मस्ती छ नि
शिक्षित तर पहुँच नभएकालाई पो अवसर छैन
पहुँच भएकालाई त योग्यताबिनै अवसर छ नि
सँच्चा राष्ट्रसेवकलाई पो खर्च धान्न धौधौ
भ्रष्ट, चाप्लुसी र कामचोरलाई त पर्याप्त छ नि।