क्षितिजमा एउटा सुन्दर तारा
औंसीकाे अन्धकार छिचोल्दै
धरतीलाई ज्वजल्यमान तुल्याउन
निष्ठारूपी किरण छर्दै उदाउँदाे थियाे
त्याे निष्ठाकाे किरणले
एकीकृत गर्दै आफू जस्तै निष्ठावान उर्जाहरू
चिर्ने तमाम अन्धकार
बाेकेकाे थियाे महान अभिप्राय
पर्यायहरूलाई पुरातनवादी अन्धाकारका
अर्थ बुझाउन प्रकाशकाे
ग्रन्थ काेर्दैथ्याे सुसंस्कारकाे
संस्कार बदले देश बदलिन्छ भन्दै
नेपाल खुला छ
नेपाल हाम्राे घर हाे डेरा हाेइन
नाराहरू घन्काउदै
बिना ढुङ्गाकाे वर्षा, बिना टायरकाे दन्काई
गरेथ्याे क्रान्तिकाे उद्घाेष
नेपाललाई बन्दबाट बन्द गरायाैं
तर डेरबाट घर बनाउन
सु- संस्कारका बीउ फक्राउन
तिम्राे नेतृत्वकाे अझै आवश्यक छ
वर्षाैदेखि अस्वास्थ रहेकाे
जालझेलकाे राजनीति स्वास्थ बनाउन
आफूले स्वास्थ्यलाभ गरेर
हामी माझ तिमी फर्कनैपर्छ
हामी सारा नेपाली
याचना गर्दछाै भागवानसँग
तिम्राे स्वास्थ्य लाभकाे
तिम्राे दिर्गायूकाे